भुवन केसीको ‘एन्टी हिरो’

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १६ : २७
भुवन केसीको ‘एन्टी हिरो’


काठमाडौं । नायक भुवन केसी नयाँ चलचित्र बनाउने कसरतमा लागेका छन् । चलचित्रको नाम राखिएको छ ‘एन्टी हिरो’ ।

‘नयाँ चलचित्रको नाम जुरेको छ,’ नायक भुवन केसीले  भने, “अनौठो नाम छ, एन्टी हिरो ।’

होम प्रोडक्सनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र स्वयमे भुवन रहने छन् ।  भुवन खलपात्रको भूमिकामा देखिने पक्का भइसकेको छ । 

सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने ‘एन्टी हिरो’मा निर्देशक र अन्य कलाकार भने निश्चित भइसेकेको छैन । विस्तारै कलाकारहरु निश्चित हुँदै जाने भुवनले बताएका छन् । उनले भने, ‘अहिलेलाई नामको न्वारन हो, म र अनमोल केसीको भूमिका पक्का हो ।’

प्रतिक्रिया दिनुहोस