प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, ०८ : १६
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री ओली १० दिन पछि आज स्वदेश फर्किदैछन् । उपचार र आरामका लागि साउन १८ मा सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री आज मध्यान्ह काठमाडौं आईपुग्ने उनको नीजि सचिवालयले जनाएको छ ।

ओली आज मध्यान्ह १२ बजेर ३० मिनेटमा स्वदेश आईपुग्ने उनको नीजि सचिवालयले जनाएको छ । ओली शुक्रबार नै स्वदेश फर्किने कार्यतालिका बनाई सिंगापुर पुगेका थिए । तर ओलीको स्वास्थ्य परिक्षणको प्रक्रिया लम्बिएको कारण आज मात्र स्वदेश फर्किन लागेको प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले बताएका छन् ।

शुक्रबार परीक्षण रिपोर्ट आईनसकेको भन्दै आइतबार सम्म प्रधानमन्त्रीको बसाई लम्बाईएको थियो । तर हिजो पनि थप केही रिपोर्ट आउनै बाँकी रहेकोले एक दिन बसाई थप लम्बाईएको थियो ।

ओलीको सिंगापुरको नेसनल युनिभर्सिटि अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको उनको सचिवालयले बताएको छ ।

पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, जनसम्र्पक सल्लाहकार अच्युत मैनाली, नीजि डाक्टर डा दिब्या सिंह सहित ९ जना प्रधानमन्त्रीसँगै सिंगापुर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस