तेलमा दुई नम्बरी खेल

सूर्यमुखीको तेल भनेर सोयाबिनको तेल बिक्री गर्ने गिरोह सक्रिय

सफल खबर संवाददाता

आइतबार, २६ साउन २०७६, १८ : ०५
सूर्यमुखीको तेल भनेर सोयाबिनको तेल बिक्री गर्ने गिरोह सक्रिय

चितवन । चितवन र नवलपुरका तेल उद्योगीहरुले मिसावटयुक्त तेल उत्पादन गरी मानव स्वास्थ्यमा चरम खेलवाड गर्ने गरेको पाइएको छ । भारतीय बजार र सीमा आसपासका ठुला ब्यापारीमार्फत खुल्ला तेल जोखेर खरिद गरी ट्यांकरमा ल्याउने र त्यसलाई पोका बनाएर बिक्री गर्ने गरेको तथ्य सफल खबर डट कमले फेला पारेको छ ।
सबैजसो उद्योगीहरुले मानव स्वास्थ्यमा चरम खेलवाड गरी रातारात कमाउने धन्दामा सक्रिय भएको पाइएको छ । भरतपुर महानगर र गैंडाकोट नगर क्षेत्रमा रहेका यस्ता उद्योगहरुले रातारात धनी बन्ने योजनाका साथ तेलमा मिसावट गर्ने, सोयाबिनको तेल खरिद गरी सूर्यमुखीको तेल भनी प्याकेजिङ गरी बिक्री गर्ने गरेको भेटिएको छ । 
केही उद्योगहरुले राज्य र उपभोक्तालाई ठगी लुटधन्दा मच्चाएका छन् । उनीहरुले जनस्वास्थ्यमा गम्भीर असर पर्ने लापरबाहीपूर्ण काम गरेर गैरव्यवसायिक आचरण प्रस्तुत गरेका छन् । केही उद्योगहरुको प्रमाण सहित आएका गुनासोहरुलाई आधार बनाएर खोजी गरी हामीले केही उद्योगीको ठगी धन्दाको पर्दाफास गर्ने तयारी गरेका छौँ । 
तेलमा दुई नम्बरी खेल समाचार श्रृंखला अन्तर्गत हामीले त्यस्ता ठग उद्योगीहरुको कमाउधन्दा र लुटतन्त्रको पर्दाफास गर्दै जानेछौँ । जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहँदा चुप लागेर किन बस्छन् सरोकारवाला निकाय ? अनुगमनका नाममा के भइरहेको छ ? तेलमा दुई नम्बरी खेल कहाँबाट कसरी हुने गरेको छ ? किन रोकिएको छैन जनताको स्वास्थ्यलाई दाउमा राखेर कमाउने धन्दा ? विस्तृत चिरफार आगामी समाचारहरुमा ।

प्रतिक्रिया दिनुहोस