पार्टी अध्यक्ष विरुद्ध नियोजित षडयन्त्रमा सूर्य थापा

पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग्न थापालाई नेकपा नेताहरुकै सुझाब

सफल खबर संवाददाता

आइतबार, २६ साउन २०७६, ०९ : ३९
पार्टी अध्यक्ष विरुद्ध नियोजित षडयन्त्रमा सूर्य थापा

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डप्रति एकपछि अर्काे पूर्वाग्रही टिप्पणी गर्दै नियोजित षडयन्त्रमा लाग्न थालेपछि नेकपाकै एक केन्द्रीय सदस्य पार्टीभित्रै आलोचित हुन थालेका छन् । पार्टी अध्यक्षलाई ब्यक्तिगत पूर्वाग्रहका आधारमा रुखो टिप्पणी गर्दै आएका केन्द्रीय सदस्य सूर्य थापा पार्टीमा आलोचित हुन थालेका हुन् । उनलाई पार्टीको जिम्मेवार पदमा बसेर नभई पदत्याग गरेर षडयन्त्रमा लाग्न नेकपा नेताहरुले नै सुझाब दिन थालेका छन् । 

थापाको पछिल्लो सामाजिक सन्जालको अभिब्यक्तिप्रति पार्टीकै केन्द्रीय सदस्य तथा पार्टीको युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष दाहालकै ज्वाई जीवन आचार्य देखि विद्यार्थी संगठनका नेताहरुसम्मले आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य दीपशिखाले पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार ब्यक्तिले आफ्नै अध्यक्षप्रति बारम्बार गर्ने आक्रमण अब सैह्य नुहने बताएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा सूर्य थापालाई सम्बोधन गर्दै पार्टी अनुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफुले लिएको जिम्मेवारी त्याग्न समेत सुझाव दिएका छन् ।

दीपशिखाले लेखेका छन्, :
सूर्य जी,
पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।

हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो । सुझावः यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !’

त्यस्तै, प्रचण्डका ज्वाई जीवन आचार्यले बोल्न परे आफुहरुलाई पनि आउने भन्दै आफुहरु गैह्रजिम्मेवार बन्न नसक्ने बताएका छन् । उनले विधि अनुशासन उल्लंघन गरिसकेपछि सूर्य थापालाई नेता कार्यकर्ता मान्न नपर्ने होला नी भन्दै प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, :
“बोल्न पाईयो भन्दैमा प्याच्च नबोल्नु, बस्न पाईयो भन्दैमा थ्याच्च नबस्नु” भन्ने बुढापाकाको भनाई छ । बोल्नै परे मुटुमा चिस्सो पस्ने गरि बोल्न हामीलाई पनि नआउने होईन, तर हामी गैह्रजिम्मेवार बन्न सक्दैनौं किनकि यहा बामपन्थीहरु एक हुने र तिनको भविष्यको सवाल छ, पार्टी अनि आन्दोलनको कुरा छ र संयमता अपनाईएको हो । हुट्टिट्या‘ऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेट!!

मेरो ब्यक्तिगत विचार स् अब एत्ति बिधि अनुशासन देखाईसकेपछि हामी जस्ता नेकपा का सिपाही ले यि (सूर्य थापा) भन्ने ब्यक्तिलाई पनि नेता, कार्यकर्ता मान्न पर्दैन होला नि !! कि के हो?

वामएकता जिन्दावाद् !!

फुटमा रमाउनेहरु मुर्दावाद् !!

थापा नेपालका दुई कम्युनिष्ट पार्टी बीचको एकताका बेला देखि नै पार्टी एकता विरोधी देखिदै आएका छन् । उनले पार्टी अध्यक्ष प्रचण्डको दिनहँु जसो आलोचनामा मात्रै समय खर्चिने गर्दै आएका छन् । सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नजिकको मान्छे बताउँदै उनले अध्यक्ष प्रचण्डमाथी नियोजित प्रचारबाजी गरिरहेका छन् ।

सामाजिक सन्जालमा अध्यक्ष प्रचण्डको विरोध गर्ने मात्रै अहिले उनको दैनिक कार्यतालिका जस्तो बनेको छ । अध्यक्ष प्रचण्डले बोलेका अभिब्यक्तिलाई अनर्थ अर्थ लगाउने , बङग्याउने र नियोजित प्रचारबाजी गर्ने काम अहिले थापाको देखिन्छ । 

थापाको यस्तो कार्यशैलीको अहिले पार्टीभित्र तिव्र विरोध हुदै आएको छ । तत्कालिन एमाले पङक्तिभित्रैबाट पनि उनको कार्यशैलीको आलोचना हुन थालेको छ । गत प्रतिनिधीसभा निर्वाचनमा पनि उनले पार्टी उम्मेद्वारलाई सहयोग गर्ने भन्दा कसरी हराउने भन्ने योजनामा आफुलाई परिचालन गरेको उजुरी तत्कालिन एमाले मुख्यालयमा परेको थियो । सचिवालय सदस्य बामदेव गौतम लगायत नेताहरुलाई निर्वाचनमा पराजित बनाउन उनले कांग्रेस लगायतसँग अघोषित साँठगाँठ नै गरेको र कारबाही गर्नुपर्ने माग सहित तत्कालिन एमाले कार्यालयमा उजुरी परेको थियो ।

तर एमाले माओवादी एकताका कारण त्यो छानविन त्यतिकै सेलाएको थियो । एकतापछि पनि उनका हरेक जसो गतिविधि पार्टी हित र अनुशासन विपरित देखिदै आएको छ ।

एक पछि अर्काे अनुशासनहिन गतिविधि देखिन थालेपछि अहिले पार्टीभित्र उनलाई अनुशासनको कारबाही गर्नुपर्ने माग जर्वजस्त उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस