गैडाकोटका जनप्रतिनिधिद्धारा भष्ट्राचार नगर्ने प्रतिबद्धता÷बास नवलपुरद्धारा मोटरसाइकल ¥याली

सफल खबर संवाददाता

शनिबार, २५ साउन २०७६, २० : ०९
गैडाकोटका जनप्रतिनिधिद्धारा भष्ट्राचार नगर्ने प्रतिबद्धता÷बास नवलपुरद्धारा मोटरसाइकल ¥याली

चितवन । गैंडाकोटका जनप्रतिनिधिले भष्ट्राचार नगर्ने प्रतिबद्धता जनाएका छन । बागेश्वरी असल शासन क्लब बास नवलपुरले शनिवार आयोजना गरेको बृहत ¥याली तथा सचेतना कार्यक्रममा बोल्दै जनप्रतिनिधिले गैंडाकोट नगरपालीको समृद्धिका लागि जनताले आफुहरुलाई चुनेको हुनाले भष्ट्राचार नगर्ने बताएका छन । शुसासन, नियमितता हरेक क्षेत्र र व्यक्तिका लागि आवश्यक भएको समेत गैंडाकोटका जनप्रतिनिधिको दाबी छ । 

कार्यक्रममा बोल्दै गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले जनप्रतिनिधी वा कर्मचारी कसैले पनि अनियमितता गरेको बारे जानकारी भए तत्काल उजुरी गर्न तथा सन्चारमाध्यम मार्फत पनि यथार्थ कुरा बाहिर ल्याउन आग्रह गर्नुभयो । मेयर पौडेलले पत्रकारले सहि सुचना दिएर सुसासनका लागि सघाउन अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिष्णु कुमारी कंडेल सापकोटाले भ्रष्टाचार पैसामा मात्र नहुने भन्दै जनप्रतिनिधि तथा कर्मचारीको आचरण र व्यवहार पनि नियमित र सदाचारयुक्त हुनुपर्ने बताउनुभयो । उहाँले गैडाकोटलाई सुसासनयुक्त नगर बनाउन नगरबासिकै सहयोग आवस्यक हुने बताउनु भयो । 

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष्य ध्रुवराम पौडेल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने उद्योग बाणिज्य संघ गैडाकोटका महासचिव छबिलाल कंडेल लगायतले बोल्दै नगरक्षेत्रमा कुनैपनी हिसाबले भ्रष्टाचार वा अनियमितता हुन नदिन प्रतिबद्दता जनाउनु भयो । कार्यक्रममा बोल्दै बास केन्द्रिय सदस्य यदुनाथ सिग्देलले बास नवलपुरले गर्दै आएका कार्यक्रमले नगरमात्र नभइ जिल्लाभर नै सदाचार कायम गर्न सफल हुने बिस्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा वडा नंबर १ का अध्यक्ष हरिप्रसाद सापकोटा, वडा नं ३ का वडाअध्यक्ष शिवकान्त तिवारी, वडा नंबर ५ का वडाध्यक्ष नवराज कंडेल लगायत जनप्रतिनिधी, तरुण दलका जिल्ला सचिव गोपाल सापकोटा, पत्रकार हिमालदेव पंगेनी, गोविन्द घिमिरे, राजन खराल सहकारीकर्मी गोविन्द रिमाल लगायत जनप्रतिनिधि, सरोकारवाला, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बागेश्वरी असल शासन क्लब बास नवलपुरले समुदायमा शुसासन र सदाचारको सन्देश दिन कार्यक्रम गरेको संस्थाका सचिव तेजेन्द्र मगरले बताउनुभयो । यस्ता खालको कार्यक्रम नगर संगै वडामा गर्न आवश्यक रहेकाले सम्भव भएसम्म वडा वडामा गर्ने योजना रहेको वासकी अध्यक्ष लक्ष्मी पौडेलले बताउनुभयो ।

बास नवलपुरका उपाध्यक्ष बेदप्रसाद काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपस्थित सबैले भ्रष्टाचार नगर्ने र हुन नदिने सामुहिक प्रतिबद्धता जनाएका थिए । गैडाकोट नगर प्रमुख छत्रराज पौडेलको नेतृत्वमा सुरु भएको बृहत् मोटरसाइकल ¥याली गंैडाकोट सामुदायिक प्रहरी सेवा केन्द्र , भृकुटी चोक काग्रेस चोक हुदै गैंडाकोट नगरपालिका पुगेर कोणसभामा परिणत भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस