‘नेपाल फिल्म अवार्ड’ घोषणा

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १६ : २९
‘नेपाल फिल्म अवार्ड’ घोषणा

काठमाडौं । नेपालमा आयोजित अवार्ड प्रायः विवादबाट टाढा रहन सकेको छैन । तैपनि हरेक बर्ष एक वा दुई अवार्ड थपिने क्रम बढ्दो छ । यस्तैमा ‘नेपाल फिल्म अवार्ड’ पनि थपिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यो अवार्ड घोषणा भएको हो । थुप्रै कलाकर्मी र रंगपत्रकारको उपस्थितिमा घोषणा भएको अवार्ड बलामी इन्टरटेनमेन्ट र नेफा मिडिया ग्रुपले आयोजना गर्न लागेका हुन् । 

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहकार्यमा रहने अवार्डमा मनोरञ्जन पत्रकारितामा सक्रिय चर्चित २१ पत्रकार समेत जोडिएका छन् ।करिब २ करोड लागतमा आयोजना हुन लागेको अवार्ड १० हजार बढी दर्शकको उपस्थितिमा बाँडिने आयोजक बलामी इन्टरटेनमेन्टका प्रमुख समिर बलामीले जानकारी दिए ।

पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा गरेर कुल १९ बिधामा बितरण गरिने अवार्डमा नेपाली फिल्म प्रति समर्पित एक व्यक्तिलाई १ तोला सुन र १ लाख ११ हजार १ सय ११ नगद सहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ ।

अवार्डको जुरीमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन् ।
३५ तोलादेखि ५० तोलासम्मको चाँदीको ट्रफी बन्ने अवार्डको अवेदन समेत खुल्ला भएको छ । पहिलो पटक फरक शैलीमा हुन लागेको यो अवार्ड निष्पक्ष हुनेमा धरणा कार्यक्रममा कलाकर्मीले राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस