रहेनन् छवी र शिल्पाको विवाह गरिदिने सचिव

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १६ : १३
रहेनन् छवी र शिल्पाको विवाह गरिदिने सचिव

काठमाडौं । चर्चाको केन्द्रमा रहेको निर्माता छवी राज ओझा र अभिनेत्री शिल्पा पोखरेलको बिवाह दर्ता गरिदिने वाडा सचिवको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ८ का सचिव प्रकाश पौडेलको यहि सोमबार राती निधन भएको हो ।

छवीकी पहिलो पत्नी हेमा ओझाको उजुरीका कारण विवादमा आएको छवी शिल्पा बिवाह, बहुविवाह भएको चर्चा संगै बिवाह दर्ता गर्ने पौडेल लगायत अन्य कर्मचारी विवादमा मुछिएका थिए । उनको मृत्युको कारण भने थाहा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस