कहिले तोकिएला उपनिर्वाचनको मिति, सर्वदलीय बैठक आज बस्दैं

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १२ : ११
कहिले तोकिएला उपनिर्वाचनको मिति, सर्वदलीय बैठक आज बस्दैं

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक र ३८ वटा वडामा जनप्रतिनिधी अहिले छैनन् । ति स्थानमा उप निर्वाचनको मिति चयनका लागि छलफल गर्नका लागि आयोगले अहिले आयोग कार्यालयमा राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले दलहरुसँगको छलफलपछि सरकारलाई निर्वाचनको मिति सिफारिस गर्ने तयारी गरेको छ । आयोगको सिफारिसका आधारमा सरकारले निर्वाचन मिति घोषणा गर्न सक्ने प्रावधान निर्वाचन आयोग सम्बन्धि ऐनमा व्यवस्था गरिएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरुसँगको सर्वदलीय बैठकपछि निर्वाचनको मिति तोक्नका लागि सरकारलाई आग्रह गर्न लागिएको बताए ।

‘हामी अहिले राजनीतिक पार्टीहरूसँग रिक्त रहेका स्थानहरुको उपनिर्वाचनका लागि परामर्श गर्दैछौं, ’ प्रमुख आयुक्त थपलियाले भने, ‘दलहरुको राय सल्लाह बुझेपछि हामी दुई–तीन दिनभित्र उपनिर्वाचनको मिति सरकारलाई सिफारिस गर्छौं ।’

प्रतिक्रिया दिनुहोस