विप्लवको केन्द्रीय समितिमा अब ३५ जना मात्रै (नामसहित)

२२ जना केन्द्रीय सदस्य हटाइए, स्थायी समिति र पोलिटब्यूरो पनि भंग, सचिवालय मात्र बनाइयो

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ११ : २९
विप्लवको केन्द्रीय समितिमा अब ३५ जना मात्रै (नामसहित)

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पार्टी केन्द्रीय समिति पूर्नगठन गरेको छ । तत्कालिन माओवादीले पार्टी सुद्धिकरण अभियानका नाममा चुनवाङ बैठकबाट ९५ जनाको केन्द्रीय समितिलाई ३५ जनामा झारे जस्तै विप्लवले पनि ५७ जनाको केन्द्रीय समितिलाई झारेर अहिले ३५ जनामा सिमित गरेको छ ।

जम्बो केन्द्रीय समिति बनाउँदा भूमिगत अवस्थाको पार्टी केन्द्रीय समितिको बैठक पनि बस्न नसक्ने र पार्टी केन्द्रीय समितिकै सदस्यहरुबाट समेत पार्टी काममा भन्दा अन्यत्रका काममा रुची बढी देखाउने भएपछि संगठन सुद्धिकरण अभियान अन्र्तगत केन्द्रीय समितिको संख्या सानो बनाईएको विप्लवका एक नेताले सफलखबरलाई बताए ।

केही समय अगाडी मात्र बसेको पार्टी स्थायी समिति बैठकले सबै नेता कार्यकर्ताको सुद्धिकरण अयिभान चलाउने निर्णय गरेसँगै सबैलाई एक तह घटुवा गरिएको छ । पार्टी स्थायी समिति र पोलिटब्यूरो विघटन गरिएको छ । स्थायी समिति विघटन गरेर सचिवालय बनाईएको छ भने अन्य सबै केन्द्रीय समितिमा रहेका नेताहरुलाई केन्द्रीय समितिको मात्र जिम्मा दिईएको छ ।

पार्टी प्रतिबन्धपछि विप्लवले आफ्नो आन्तरिक संरचनामा गरेको यो दोश्रो फेरबदल हो । सचिवालयमा महासचिव विप्लवसँगै खडकबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बास्तोला कञ्चन र सन्तोष वुढामगर विषम र जेलमा रहेका हेमन्तप्रकाश वलीमात्र छन् । अन्य बाँकी ३१ जना नेतालाई केन्द्रीय सदस्यका रुपमा समेटिएको छ ।

पार्टी केन्द्रीय समितिमै महासचिव विप्लव अल्पमतमा पर्दै जान थालेको र पार्टी प्रवक्ता प्रकाण्ड हाबी हुन थालेपछि विप्लवले सुद्धिकरणका नाममा पार्टीमा बहुमत बनाउनकै लागि पनि यो कदम चालेको हुन सक्ने आशंका पनि गरिएको छ ।

को को छन् केन्द्रीय समितिमा ?
१) नेत्रविक्रम चन्द (विप्लव) महासचिव

२) खड्कवहादुर विश्वकर्मा प्रकाण्ड , सचिवालय सदस्य

३) धर्मेन्द्र वास्तोला, कञ्चन सचिवालय सदस्य

४) हेमन्तप्रकाश वली सुर्दशन (जेलमा) सचिवालय सदस्य

५) सन्तोष वुढामगर विषम, सचिवालय सदस्य

६) उमा भुजेल अनु केन्द्रीय सदस्य

७) अनिल शर्मा विरही केन्द्रीय सदस्य

८) भरत वम, रणवीर, केन्द्रीय सदस्य

९) ओमप्रकाश पुन, निर्वाण केन्द्य्रीय सदस्य

१०) चन्द्रवहादुर चन्द विरजंग, केन्द्रीय सदस्य

११) माइला लामा जेलमा

१२) मोहनलाल चन्द आधार

१३) सावित्रि दुरा

१४) गुणराज लोहनी

१५) सन्तोषी विक

१६) उदयवहादुर चलाउने दिपक

१७) सन्देश पौडेल सन्देश

१८) चेतवहादुर पुन चिरन

१९) केशवहादुर वाठा मगर सुवास

२०) वसन्त श्रेष्ठ प्रज्ज्वलन

२१) दिपेश राई अधिकार

२२) बलवहादुर ओली शित्तल

२३) धुव्र घिमिरे विप्लव

२४) खम्ववहादुर वुढा एटम विसि

२५) थमनसिंह राई निर्मल

२६) बन्धु चन्द

२७) देवनारायण शाह

२८) मोहनवहादुर कार्की जीवन्त  जेलमा)

२९) बाबुराम गजमेर जगत

३० ) खुमा सुवेदी

३१) अमर झाक्री

३२) चुडामणि ओली

३३) श्यामवहादुर वोहोरा

३४) चन्द्रवहादुर खडका असल

३५) नविन विश्वकर्मा हितमान

यी नेता हटाइएका केन्द्रीय समितिबाट
१) कृष्ण धमला गम्भिर

२) रामप्रसाद तिमल्सिना

३) टेकवहादुर केसी

४) डम्बरवहादुर विक

५) बालाराम थापा कीर्ति

६) धनबहादुर महर्जन विश्वास

७) नन्दबहादुर वुढा विजय

८) कृष्ण अधिकारी रवि

९) बालाराम सुनार हिमाल

१०) पुरुषोत्तम विष्ट उत्तम

११) मकर गुरुड

१२) सम्झना बुढा

१३) देवीदत्त पाण्डे

१४) शंकर खड्का

१५) भेषराज भुषाल

प्रतिक्रिया दिनुहोस