जुवातास खेल्नहरु धमाधम प्रहरी खोरमा पुग्दै

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १० : ५०
जुवातास खेल्नहरु धमाधम प्रहरी खोरमा पुग्दै

चितवन । जुवातास खेल्ने, खेलाउनेहरु चितवनमा एकपछि अको गर्दै पक्राउ पर्न थालेका छन । प्रहरीले सामाजिक विकृति विसंगतिविरुद्ध कडाई गरेसँगै जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । 
भरतपुर महानगरपालिका १८ पावरहाउस नजिकैबाट वुधबार अपरान्ह साढे ४ बजे जुवा खेलीरहेका व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुसहित तास खेल्न प्रयोग गरिने गलैचा, १५७ थान तास र १४ हजार ९५० रुपैँया नगद समेत बरामद भएको जनाइएको छ ।

भरतपुर महानगरपालिका १८ का ५९ वर्षीय बुद्ध बहादुर तामाङ, सोहि स्थानका ३८ वर्षीय अम्मर बहादुर गुरुङ, ६४ वर्षीय तुल बहादुर गुरुङ र ५५ वर्षीय सन्त बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रवक्ता एक नारायण कोइरालाले बताए । विशेष सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस