ललितपुरको कोन्जोस्योमको एनसेल टावरमा आगजनी प्रयास

एनसेलको टावर विप्लव समुहको तारोमा

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०८ : ०५
ललितपुरको कोन्जोस्योमको एनसेल टावरमा आगजनी प्रयास

फाईल फोटो

काठमाडौं । झापाको तीन ठाउँमा एनसेल टावरमाथी आक्रमण भएको भोलिपल्टै राजधानीभित्रै पनि आक्रमण प्रयास भएको छ ।

गएराती ललितपुरमा एनसेल टावरमा आगजनी प्रयास भएको खबर छ । ललितपुरको कोन्जोस्योम गाउँपालिका २ संखुमा रहेको एनसेल टावरमा गएराती अज्ञात समुहले आगजानी प्रयास गरेका हुन् । कोन्जोस्योम गाउँपालिकाको कार्यालयबाट करिब २० किमी दक्षिणपश्चिमा रहेको उक्त टावरमा आगजनी प्रयास भएको हो ।

प्रहरीका अनुसार, आगजनी प्रयास गर्ने समुह नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ता हुनसक्छन् । गएराती करीब साढे १० वजे अज्ञात समुहले आगजानी प्रयास गरेको प्रहरीको भनाई छ ।

उनीहरुले टावरमा लगेको तारको बिटोरमुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रबक्ता नारायण चिमौरियाले बताए । टावर आगजनी प्रयासका क्रममा रातो र कालो तार जडीत एउटा प्रेसर कुकर समेत छोडेर हिडेको प्रहरीको भनाई छ ।

स्थानीयले तत्काल आगो निभाएका कारण तारको बाहिर खोल मात्र जलेको प्रवक्ता चिमौरियाले बताए । उक्त टावर नजिकै घर पनि छ । बम डिस्पोजका लागी नेपाली सेनाको सिनामंगल र भैरबनाथ गणको टोली र कोन्जोस्योम प्रहरी चौकी र महानगरीय प्रहरी बृत्तका टोली पनि घटनास्थल पुगिसकेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस