नेपाली चलचित्र ‘पासवर्ड’को पोस्टरमा कामुक सन्नी लियोनी

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १३ : २१
नेपाली चलचित्र ‘पासवर्ड’को पोस्टरमा कामुक सन्नी लियोनी

काठमाडौं । नेपाली चलचित्र ‘पासवर्ड’को पोष्टरमा अभिनेत्री सन्नी लियोनी कामुक लुकमा देखिएकी छन् । २७ भदौबाट रिलिजको तयारीमा रहेको फिल्म ‘पासवर्ड’ले सार्वजनिक गरेको आधिकारिक पोस्टरमा उनी पनि अटाएकी छन् । उक्त पोस्टरमा उनको कामुक लुक देख्न सकिन्छ । 

सन्नीले फिल्मको एक आइटम गीतमा मात्र नृत्य गरेकी छन् । तर निर्माण युनिटले फिल्मको पोस्टरमा सन्नीको मुख्य भुमिका झै समेटेका छन् । 

पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशी पनि अटाएका छन् । सम्राट बस्नेतको निर्देशन रहेको फिल्ममा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्म हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । फिल्म एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको निर्देशक बस्नेतले बताए ।
 

प्रतिक्रिया दिनुहोस