अभिनेत्री नीता ढुङ्गानाले  ‘माया’ बनाउने

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, १४ : २६
अभिनेत्री नीता ढुङ्गानाले  ‘माया’ बनाउने

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् । उनले आफ्नो ब्यानरबाट ‘माया’ नामक फिल्म निर्माण हुने सार्वजनिक गरेकी हुन् । 

समुन्द्र भट्टको निर्देशन रहने फिल्मको अहिले लेखन कार्यभइरहेको छ । लेखन कार्य निर्देशक भट्ट र अभिनेता कोशिश क्षेत्रीले मिलेर गरिरहेका छन् । कोशिश ‘मोक्ष’बाट अभिनयमा डेब्यू गरेका हिरो हुन् । उनको पनि फिल्ममा मुख्य अभिनय रहने बताइएको छ । 

हुन त केही पहिले नीताको ब्यानरमा ‘मःम हन्टिङ’ नाममा फिल्म बन्ने चर्चा पनि चलेको थियो । तर नीताले अहिले त्यो फिल्म थाती राखेर ‘माया’को काममा लागेकी हुन् । 

फिल्ममा नीता र कोशिशको मूख्य भुमिका रहनेछ । कोशिशको नै संगीत रहने फिल्मका अन्य कलाकार भने छनौटको चरणमा छन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैली कथा बनाउन खोजिएको फिल्म भदौ दोश्रो साताबाट छायाँकनका लागि फ्लोरमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस