पर्साका अपराधी चितवनबाट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, ११ : ०४
पर्साका अपराधी चितवनबाट पक्राउ

चितवन । अपहरण तथा शरिर बन्धक मुद्दामा दोषी ठहर भएका पर्सा शंकर सरैया वडा नं ५ का ३१ वर्षीय महेन्द्र ननिया महतो चितवनबाट पक्राउ परेका छन । महतोलाई चितवनको भरतपुर महानगरपालिका ९ काडाघारी क्षेत्रमा लुकिछीपी बस्दै आएको सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक प्रवक्ता एक नारायण कोईरालाले बताए । 

उनले भारत बिहार मजप्mरपुरका मुसहरी सलाहाका २३ वर्षीय संजय कुमार राय यादवलाई २०६७ साल फागुन २४ गते अपहरण गरी फिरौति माग गरेको उजुरी परेको थियो । यादवलाई पर्सा महादेवपट्टी १ जिराभवनी मन्दिरमा बन्धक बनाई १० लाख रुपैँया फिरौती माग गरेका थिए ।  महतो विरुद्ध जिल्ला अदालत पर्साले गएको २०७१ साल वैशाख २१ गते ९ वर्ष कैद र ५० हजार जरिवाना सजाय तोकिएको थियो । महतो त्यसपछि फरार रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस