बस र ट्रक ठोक्किदा १५ जना घाईते

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, १० : १२
बस र ट्रक ठोक्किदा १५ जना घाईते

चितवन । बस र ट्रक ठोक्किदा चितवनमा १५ जना घाईते भएका छन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको बस र विपरित दिशाबाट गईरहेको ना ६ ख २८९५ नम्बरको ट्रक ईच्छाकामना गाउपालिका ४ लेवाटारमा ठोक्किदा बसका यात्रुहरु घाईते भएका हुन । 

बसमा ३२ जना सवार रहेकोमा १५ जना घाईते भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ९ बजे भएको सो दुर्घटनाका घाईतेहरुको भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस