चलचित्र साईनोको बिशेष शोमा वरिष्ठ कलाकारलाई सम्मान गरिने

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, ०८ : ३०
चलचित्र साईनोको बिशेष शोमा वरिष्ठ कलाकारलाई सम्मान गरिने

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो“ को बिशेष शो यही साउन २० गते चर्चित कलाकारहरुको साथमा हुने भएको छ । सो अवसरमा कलाक्षेत्रका चार जना विशिष्ट व्यक्तिहरुहरुलाई सम्मान गरिने भएको छ । 

सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र “आमा“ बाट आफ्नो कलायात्रा शुरु गरेकी नेपाली सिनेजगतकी प्रथम नायिका भुवन थापा चन्द, प्रथम चरित्र अभिनेत्री चैत्य देवी सिंह, प्रथम हास्य साम्राज्ञी बसुन्धरा भुसाल एवम् बरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठ हुनुहुन्छ । लक्की मिडिया हाउसले आयोजना गर्ने कार्यक्रमको प्रमुख अतिथि नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार निर शाह हुनुहुनेछ । लामो समयदेखि राष्ट्रको कला सस्कृति संरक्षण र प्रर्वद्धनमा अतुलनिय योगदान पुर्‍याउनुभएका स्थापित तथा प्रेरक व्यक्तित्वहरुलाई चलचित्र साइनोको विशेष शोको अवसरमा सम्मानित गर्न लागिएको हो । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आबद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई सम्मान गर्दै आएको मिडिया हाउसले यस्ता कार्यक्रमको आयोजनाले कलाकारिता क्षेत्र तथा सामाजिक क्षेत्रमा थप प्रोत्साहन मिल्ने विश्वास हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताउनुभएको छ । 

चलचित्र साइनोको बिशेष शोका लागि विभिन्न कलाकार, प्रतिष्ठित उद्योगी, व्यवसायी लगायत चलचित्रप्रेमी दर्शकहरुलाई निमन्त्रणा गर्ने काम भइरहेको कार्यक्रमका संयोजक एवम् मिडिया हाउसका निर्देशक दिपक खड्काले जानकारी दिनुभयो । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साईनोमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । 

यस अघि पनि मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा विभिन्न नेपाली चलचित्रको रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गरिसकेको छ । यस्ता कार्यक्रमको आयोजनाले नेपाली चलचित्र उद्योगमा थप टेवा पुग्ने विश्वास मिडियाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस