बसले ठक्कर दिदा भरतपुरमा ४ जना घाईते

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, ०८ : १५
बसले ठक्कर दिदा भरतपुरमा ४ जना घाईते

चितवन । बसले ठक्कर दिदा भरतपुरमा ४ जना घाईते भएका छन । भरतपुर महानगरपालिका–१६ ठुलो गढी स्थित भरतपरबाट शरणपुर तर्फ जाँदै गरेको ना ४ ख ३४९९ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरु सबैको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बस, चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको छ । घाईते हुनेहरुमा भरतपुर १६ का ३० वर्षीय प्रतिमा बस्नेत, सोहि स्थानका २१ वर्षीय प्रसंसा विक, ७ वर्षीय रसीना मगर र २७ वर्षीय रन्जु थापा रहेको प्रहरीले जनाएको छ । 
बाटोमा हिडीरहेका उनिहरुलाई बिहिवार राति साढे ८ बजे बसले ठक्कर दिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस