जेल पर्लान् त छवि–शिल्पा !

पत्रपत्रिकाबाट

विहीबार, ०९ साउन २०७६, २० : ४९
जेल पर्लान् त छवि–शिल्पा !

काठमाडौं । निर्माता छविराज ओझाको चौथो विवाह डिभोर्सको चरणमा प्रवेश गरिसकेको अवस्थामा छविकी जेठी श्रीमती हेमा ओझाले फिल्मी शैलीमा इन्ट्री मारिन् ।

हेमा छविकी जेठी श्रीमती हुन् । यस बीचमा छविले तीन वटा विवाह गरिसके । माइली गीताञ्जली सुनारबाट एक छोरा छन् । नायिका रेखा थापासँग डिभोर्स भयो । यी कुनै पनि प्रकरणमा सार्वजनिक नभएकी उनी शिल्पाले छविविरुद्ध डिभोर्स केस फाइल गरेसँगै बिहे भएको ३४ वर्षपछि यो विवादमा प्रवेश गरिन् ।

उनको दाबी छ, ‘छविले काठमाडौंमा बसेर मलाई झुक्काइरहे । अहिले शिल्पासँग विवाह दर्ता नै भएको खुलेपछि बहुविवाहअन्तर्गत कार्बाही गरिपाऊँ।’

हेमाको दाबीअनुसार उनलाई यसअघिका छविका दुई विवाहबारे कुनै जानकारी नै छैन । शिल्पा र छविको सम्बन्धबारे बेलाबखत हुने चर्चामा श्रीमान्ले हैन भनेर ढाँटिरहे । अहिले आएर शिल्पासँग विवाद भएपछि खोजी गर्दा दुवैले विवाह नै दर्ता गरेको प्रमाण फेला परेपछि बहुविवाहको जाहेरी दिन आएकी हुन्।

छविको हेमातर्फ दुई छोरा पनि छन् । हेमाले पेश गरेको प्रमाणमा छविसँगको विवाह दर्ताको प्रमाण तथा छवि र शिल्पाले पुस १२ मा गरेको विवाद दर्ता राखेकी छन् । हेमाको दाबीअनुसार छविले लगालग विवाह गरे पनि पहिलो विवाहको सम्बन्ध विच्छेद भएको थिएन । पहिलो विवाह कायमै रहे पनि छविले लगालग तीन वटा विवाह गरेको देखिन्छ।

हेमा कानुन व्यवसायी स्वागत नेपाललाई लिएर आइतबार महानगरीय प्रहरी वृत्त गौशाला पुगेकी थिइन् । आइतबार नै छवि र शिल्पाविरुद्ध उजुरी परेको समाचारहरु आए पनि वृत्तले उजुरी लिएर, महिला तथा बालबालिकासम्बन्धी उजुरी हेर्ने महिला तथा बालबालिका सेल कालीमाटीमा पठायो । सेलले मंगलबार उजुरी लिएको थियो। गौशाला वृृत्तका डिएसपी प्रदीपबहादुर सिंहले भने, ‘महिलासम्बन्धी मुद्दा भएकाले महिला सेलले हेरोस् भनेर उता पठायौं ।

हामीले नै उहाँहरुलाई त्यता जाने सल्लाह दिएका हौं । प्रहरीले रेस्पोन्स नगरेको हल्ला सत्य होइन ।’ 
छवि र शिल्पाविरुद्ध आएको निवेदन महिला सेलले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले यी दुबैविरुद्ध पक्राउ गरी अनुसन्धान गर्ने अनुमती दिएपछि प्रहरी अहिले यी दुबैको खोजीमा छ । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस