गैंडाकोटमा राजमार्ग नजिकै महिलालाई अचेत बनाएर ३ तोला सुन लुटियो

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, १८ : ४३
गैंडाकोटमा राजमार्ग नजिकै महिलालाई अचेत बनाएर ३ तोला सुन लुटियो

चितवन । गैंडाकोट ८ बेलटाँडी टोल विकासमा घर भएकी ६८ वर्षीय खगी गीरीलाई विहीबार दिउसो २ बजे लुटपाट गरिएको छ ।

विधुवा भत्ता लिनका लागि नगरपालिका आउनु भएकी गीरीलाई काङ्ग्रेस चोक नजिकै बरमेली टोल बीचमा रहेको भित्रि बाटोमा लुटपाट गरीएको हो । डेढ तोलाको सिक्री, १ तोलाको एरलीङ्ग, १ तोलाको आंैठी गरी करीब साँडे ३ तोला सुन लुटिएको हो । 
लुटीएको करिव २ घण्टपछि स्थानीयले गीरीलाई अचेत अवस्थामा देखेपछि नजिकको अस्पताल पु¥याएका थिए । अस्पताल लानु अघि स्थानीयले इलाका प्रहरी गैंडाकोटलाई खबर गर्दा निवेदन लेख्नुपर्छ भनी जवाफ आएपछि स्थानीयले गीरीलाई अस्पताल पु¥याएका थिए । 
अस्पताल पु¥याएको आधा घण्टापछि इलाका प्रहरी गैंडाकोटबाट प्रहरीहरु आएको प्रत्यक्षदर्शी मिना सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस