क्रिकेट रंगशाला निर्माणको लागि उवासंघ चितवनद्वारा आर्थिक सहयोग

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, १२ : २६
क्रिकेट रंगशाला निर्माणको लागि उवासंघ चितवनद्वारा आर्थिक सहयोग

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उद्योग वाणिज्य संघ चितवनले आर्थिक सहयोग गरेको छ । उवासंघले ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

भरतपुर महानगरपालिका १६ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको उक्त रंगशालाको निर्माणको लागि उवासंघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, संघका पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस अघि नै उवासंघ चितवनले रंगशाला निर्माणको लागि एक करोड दिने घोषणा गरेको थियो । अन्य रकम क्रमश दिँदै जाने अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस