कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

पत्रपत्रिकाबाट

बुधबार, ०८ साउन २०७६, ०८ : ५६
कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

फाईल फोटो

काठमाडौं ।  एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । 

समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । 

गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ । 

चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीन झाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस