जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

पत्रपत्रिकाबाट

मंगलबार, ०७ साउन २०७६, ०८ : १३
जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन योग्य

काठमाडौँ । तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ रु त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ ।

जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् ।जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस