गायक प्रबिन भण्डारीको कम्मरैमा पटुकी बोलको गीत सार्बजनिक (भिडियो सहित)

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, ११ : १७
गायक प्रबिन भण्डारीको कम्मरैमा पटुकी बोलको गीत सार्बजनिक (भिडियो सहित)

चितवन । गायक प्रबिन भण्डारीको कम्मरैमा पटुकी बोलको गीत सार्बजनिक भएको छ । गित केही समय अगाडि रेकर्ड गरिएको भएपनि भिडियो अहिले निर्माण गरिएको हो । सशान कंडेल र गणेश शाहको शब्द अनि सशान कंडेलको संगीतमा रहेको गित लाई स्वयं प्रबिन भण्डारीले गाउनु भएको हो । भिडियोमा मोडलको रुपमा निलिमा श्रेश्ठ,अमित प्रसाई साथै उहाँहरुलाई साथ दिन मनोज रानाभाट र वलित केसिले अभिनय गर्नु भएको छ । 

भिडियोमा बुबाको भुमिकामा बिष्णु प्रसाद भण्डारी र आमाको भुमिकामा जयन्ति भण्डारीले साथ दिनु भएको छ । साथै लामो समय देखि एक दर्जन भन्दा बढी भिडियो छायाङ्कन गरि सक्नु भएका नारायण प्रसाद आचार्यले यस भिडियो लाई छायाङ्कन गर्नु भयको छ ।  भने निर्देशन प्रबिन भण्डारी कै रहेको छ अनि भिडियो लाई सम्पादन सुनिल साही ले गर्नु भएको हो । साथै यस भिडियोमा लोकेश गुरुङ को पनि अभिनय रहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस