सलमान खानकी प्रेमिका बन्दै  ‘नागिन’ मौनी रोय

एजेन्सी

शुक्रबार, ०३ साउन २०७६, १५ : १२
सलमान खानकी प्रेमिका बन्दै  ‘नागिन’ मौनी रोय

एजेन्सी । सलमानको अब बन्ने चलचित्र दबंग ३ को पनि चर्चा चल्न थालेको छ । यस फिल्ममा टेलिभिजनकी ‘नागिन’ मौनी रोयको पनि विशेष भूमिका रहनेछ । मौनी रोय ‘दबंग –३’ मा सलमानका साथ उनकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।

यस अघिको फिल्ममा झैँ सलमानलाई चुलबुल पाण्डेको रुपमा प्रस्तुत गरिने भएकाले यस अघिकै कहानीसँग जोडेर फिल्म निर्माण गरिने छ।

फिल्ममा मौनी रोयको भूमिका छोटो समयको लागि मात्रै हुनेछ । मौनी चलचित्रमा झण्डै २० मिनेट मात्रैका लागि देखिनेछिन् । अरबाज खानद्वारा निर्माण गरिने यस फिल्मको काम जुन महिनादेखि सुरु गरिनेछ ।

टेलिभिजनकी अभिनेत्री मौनी रोय अक्षय कुमारको फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म ‘गोल्ड’ यो वर्षको अगष्टमा प्रदर्शन हुनेछ ।

साथै आलिया भट्ट र रणवीर कपूर अभिनित फिल्म ‘ब्रम्हस्त्र’ मा पनि मौनी रोयको अभिनय रहनेछ । निर्देशक अयान मुखर्जीद्धारा निर्देशित यस फिल्ममा मौनी नकारात्मक भूमिकामा देखा पर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस