काठमाडा । ‘टोले गुण्डा’ निमा लामा भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकु काठमाडौंकी प्रहरी निरीक्षक एलिजा गिरीले लामालाई काठमाडौंको कोटेश्वरबाट मंगलबार बिहान पक्राउ गरेकी हुन् ।
काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ करम डाँडामा स्थायी घर भएका लामा राजधानीमा गुण्डागर्दी गर्दै व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रीय रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको भन्दै सर्वसाधारणहरूले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि निरीक्षक गिरीले पक्राउ गरेकी हुन् । लामाले महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।
लामालाई प्रहरीले ०७२ चैत १० गते नेविसंघका नेताहरूलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलाएको थियो । लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए । उनी यस अघि पनि व्यवसायी धम्काएको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन । प्रहरीले लामालाई निगरानीमा राख्दै आएको प्रहरीले जनाएको छ । लामा प्रहरीको सूचीमा ‘ग’ श्रेणीका ‘गुण्डा’ भनेर चिनिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०७६, १७ : २१
लेखकबाट थप