Safal Khabar - प्रहरी महानिरीक्षकसँग विप्लवका केन्द्रीय सदस्यको गोप्य भेट
शुक्रबार, २० मङि्सर २०७६ (Friday, 6 December, 2019)
प्रहरी महानिरीक्षकसँग विप्लवका केन्द्रीय सदस्यको गोप्य भेट
भोजपुर घटना लगत्तै राजधानीमै प्रहरी महानिरीक्षक र विप्लवका केन्द्रीय सदस्यबीच दुई घण्टा भन्दा बढी समय भेटवार्ता
बिहिबार, ०२ साउन २०७६, ०७ : ३०
प्रहरी महानिरीक्षकसँग विप्लवका केन्द्रीय सदस्यको गोप्य भेट

काठमाडौं । प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्यलाई प्रहरीले फेला पारे के गर्लान् ? सरकारले निगरानी र नियन्त्रण गर्नु भन्ने परिपत्र विप्लवका प्रायः नेताहरुका हकमा जारी गरेको छ । सर्लाही र भोजपुरमा त अझ सरकारकै भनाई पत्याउने हो भने मुठभेडमै विप्लवका नेता कार्यकर्ता मारिएका छन् । भोजपुरमा प्रहरीतर्फका पनि एक जनाको मृत्यु भएको छ ।

यस्तो बेला जनपद प्रहरीका आईजिपिले नै विप्लवकै केन्द्रीय सदस्य भेटे भने के गर्लान् ? स्वाभाविक रुपमा तपाईलाई लाग्ला पक्राउ गर्लान् ! तर त्यस्तो होइन, सफल खबरले प्राप्त गरेको एक सूचना अनुसार, विप्लवका एक नेताले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समय लिएरै भेट गरेका छन् । त्यो पनि काठमाडौंमै ।

प्रहरी महानिरीक्षक खनाललाई भेट्ने ति केन्द्रीय सदस्य हुन्, – प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनी । उनले शुक्रवार आईजि खनाललाई भेट गरेको उच्च स्रोतले सफल खबरलाई बतायो ।

Yeti Diistillery
nic asia

लोहनीले खनाललाई पार्टीको निर्देशन अनुसार भेट गरेको बताएका छन् । अत्यन्त गोप्य राखिएर भएको यो भेट भोजपुर घटनापछि भएको हो । भोजपुरमा विप्लवकै पार्टीका नेता अधिकारको वक्तब्यलाई आधार मानेर भन्ने हो भने प्रतिकार गर्दा हत्या भएको भनेपछि प्रहरीले आफुमाथी कारबाही बढाउन सक्ने ठानी दुतका रुपमा खनालसँग लोहनीलाई भेट्न पठाएका हुन् ।

सेना प्रहरीमाथी पार्टीको अहिले कुनै आक्रमणको नीति नभएको बताईरहदा रहँदै भोजपुरमा एक जना प्रहरी सञ्जिव राई र विप्लवका ओखलढुंगा सेक्रेटरी निरकुमार राईको मृत्यु भएको थियो ।

त्यसपछि प्रहरी आक्रोशित भई आक्रमणमा आउन सक्ने ठानी विप्लवको पार्टीले लोहनीमार्फत प्रहरी महानिरीक्षकलाई नै आफ्नो पार्टीको नीति बुझाउन त्यो भेटघाट गरेको स्रोतले बतायो ।

लोहनी विप्लवका तर्फबाट वार्ताको वातावरण निर्माणका लागि खटिएका मध्येका एक नेता पनि हुन् । उनले नेकपाका वरिष्ठ नेता माधव नेपाल, सभामुख कृष्णबहादुर महरा, नेकपा नेताहरु जनार्दन शर्मा, सरकारले बनाएको पूर्व वार्ता टोली संयोजक सोमप्रसाद पाण्डे लगायतका नेताहरु सँग पनि पटक पटक भेटवार्ता गरिसकेका छन् ।

विप्लव पार्टीको वार्ताको वातावरण निर्माण गर्नका लागि तीन माग रहेको पनि उनी मार्फत नै राखिएको थियो । प्रतिबन्ध फुकुवा, वन्दी रिहाई र वार्ताका लागि आह्वान गरिएको औपचारिक पत्र । त्यसपछि मात्र सरकारसँग वार्ताको वातावरण बन्ने लोहनीले बिबिसिलाई अन्र्तवार्ता दिदै राखेका पनि थिए ।

उनी अहिले पनि सत्तापक्षका नेताहरुसँगको सम्पर्कमा आफनो पाटीलाई वार्ताका लागि औपचारिक पत्र पहिले लेख्न आग्रह गदै हिडिरहेको स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस