आजैदेखि घट्यो नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, १७ : ५०
आजैदेखि घट्यो नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क आजैदेखि घटाएको छ।

आर्थिक विधेयक, २०७६ को दफा १४९१० मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु। ५ सय मात्र लिने व्यवस्था भएपछि टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन ९पीएसटीएन० तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध भएको हो ।

अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो।

साथै उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ। यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस