जान्नुहोस् कागती पानीका १२ फाइदा

एजेन्सी

मंगलबार, ३१ असार २०७६, २१ : ५०
जान्नुहोस् कागती पानीका १२ फाइदा

काठमाडौं । नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू :

अपच र कब्जियत : अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु-याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।

कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ । पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।

 ज्वरो : नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर सत्य भने अकै छ । रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् , कारण, सर्व पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।

दाँतको सुरक्षा : कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर ख्याल गर्नुस् , कागतीमा धेरै अम्लतत्व हुने भएकाले कागतीको धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ । यस्तोमा तत्कालै सफा पानीले मुख कुल्ला गर्नुहोस् ।

 कपालको सुरक्षाः कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

 पोलेको घाउमा: पोलेको घाउमा कागती र कागतीजन्य जुनसुकै अमिलो पनि रामवाण हुन्छ । पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र विना दाग घाउ निको भएर जान्छ ।

 नाथ्री फुट्दा : कपडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पु-याउँछ ।

छ. शरीरको अनावश्यक वृद्धिमा: यदि तपाईँको शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा सखर हालेर खानुस् । यसले तपाईँको बजन अवश्य पनि हटाउनेछ ।

 हैजामा : हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वत अत्यन्त हितकारी छ किनभने यसले रगत शुद्धिकरणमा भूमिका खेल्छ ।

 पाइताला र खुट्टाको दुखाईमा : तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पु¥याउँछ ।

शरीरका गिर्खा हटाउनमा: शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

 घाँटीको खरावीमाः कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

उच्च रक्तचापः मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस