यसरी बनाउन सकिन्छ दह्रो खुट्टा

मंगलबार, ३१ असार २०७६, २१ : २३
यसरी बनाउन सकिन्छ दह्रो खुट्टा

फाईल फोटो

डा. डीबी सुनुवार

खुट्टा हाम्रो शरीरको सबै भाग अड्याउने अत्यावश्यक अंग हो। खुट्टा कमजोर भए हिँडडुल गर्न त असहज हुन्छ नै शरीर चलायमान बनाउन तथा दैनिकीमा समेत नकारात्मक असर पुग्छ। खुट्टाविनाको जीवन अपूर्ण हुन्छ। खुट्टा दह्रो हुनु भनेको स्वस्थ हुनु हो भन्ने पर्यायवाची हाम्रो समाजमा छ।

खुट्टा कमजोर हुने कारण
उपयुक्त व्यायामको अभाव, उपयुक्त खानपिनको कमीले खुट्टा कमजोर हुने समस्या देखिन्छ। उमेरअनुसार पोषणको कमीले खुट्टामा भएका हाड–जोर्नी तथा मांशपेशी पर्याप्त रुपमा वृद्धि–विकास हुनबाट वञ्चित हुन्छन्। हाम्रा खुट्टा नियमित चलायमान हुन आवश्यक छ। हिँड्ने, दौड्ने, उफ्रनेजस्ता नियमित व्यायाम गर्नाले खुट्टा लचिलो हुन्छन्। त्यति मात्रै हैन नियमित खुट्टाको व्यायाम गर्नाले खुट्टाका मांशपेशी तथा हाड–जोर्नी लचिलो भई चलायमान हुन्छ। जसले खुट्टा मर्किने, सड्किने, भाँचिनेजस्ता जोखिमबाट बच्न सकिन्छ।

गाउँ–घरमा उकालो–ओरालो हिँडडुल गर्दा खुट्टाको राम्रो व्यायाम भैरहेको हुन्छ। सहरी क्षेत्रमै बसोबास गर्ने व्यक्तिमध्ये शारीरिक काम गर्ने व्यक्तिको पनि राम्रो व्यायाम हुन्छ। अफिसियल काम गर्ने, सवारीसाधनमा बढी हिँडडुल गर्ने, घरमै बसिरहनेजस्ता व्यक्तिको शारीरिक व्यायाम कम हुन्छ। यसरी धेरै हिँडडुल नगर्ने व्यक्तिको  खुट्टाको व्यायाम कम भई खुट्टा कमजोर हुन्छ।

खुट्टा कमजोर भएमा खुट्टा दुख्ने, हाडजोर्नी तथा मांशपेशी दुख्नेजस्ता समस्या हुन्छन्। व्यायाम तथा उचित खानपानको अभावमा दुवै खुट्टा सन्तुलितरुपमा नटेकिने, हिँड्दा नसा खुम्चिएर राम्रोसँग हिँड्डुल गर्न असहज हुने, पिँडुला फर्किने (मस्कल क्र्याम) समस्या हुन्छन्। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस