नायिका शिल्पा पोखरेलले छविराज ओझालाई डिभोर्स दिने

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १२ : ५६
नायिका शिल्पा पोखरेलले छविराज ओझालाई डिभोर्स दिने

काठमाडौं । नायिका शिल्पा पोखरेलले श्रीमान फिल्म निर्माता छविराज ओझालाई डिभोर्स दिने निर्णय गरेकी छिन् । 

उनले छविसँग असुरक्षाको कारण देखाउँदै सँगै बस्न नसक्ने भन्दै डिभोर्स फाइल गरेकी छिन् । अब केही दिनमा नै डिभोर्सको अन्तिम निर्णय हुनेछ ।

शिल्पाले ३ बर्षदेखि छविले दिएको दुःख सहँदै आएको तर अब नसक्ने भन्दै बाँकी कुरा कानुनी प्रक्रियामा जाने बताउँदै आएकी थिइन् ।  शिल्पाले छविले आफूलाई राम्रो बाटोमा हिँड्दा पनि शंका गर्ने, अश्लिल गालीगलौज गर्ने र कुटपिट गर्ने जस्ता हिंसा गरेको आरोप लगाइन् । केही दिन अघिमात्र उनले छविविरुद्ध प्रहरीमा उजरी दिएका थिइन् । शिल्पाको उजुरीपछि प्रहरी कार्यालयमा उनीहरुबीच कुराकानी पनि भएको थियो । जहाँ उनले शिल्पासँग माफी मागेका थिए । तर छविले माफी मागेपनि शिल्पा भने खुसी देखिएकी थिईनन् । नत छविले शिल्पालाई घर लान पहल गरे नत शिल्पा नै खुसी देखिईन् । छविले शिल्पालाई आफनो परिपक्कता देखाउँदै नत फोन गरे नत घर फर्काउन पहल गरे । बरु उल्टै फेसबुकबाट समेत छविले आफुलाई ब्लक गरेको शिल्पाले बताएकी छिन् । 

शिल्पाले आफूले विवाह गरेको केही महिनामा नै छविको असलीरुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि प्रहरी उजुरी गरेको बताइन् । अब उहाँसँग बस्न नसक्ने भएपछि नै डिर्भाेस फाइल गरेको शिल्पाले बताइन् ।

एक अन्र्तवार्तामा शिल्पाले छविसँगको सम्बन्ध बाहिरिएपछि आएको प्रतिक्रियाहरुमा पनि चित्त दुखाइन । छविसँग पैसाको लागि विवाह गरेको भन्नेहरुलाई उनले आफू हुने खानेकै छोरी भएको, आफ्नो बुवा आमाको विराटनगरमा केमिकल उद्योग भएको र मेरो दाजुभाइहरु पनि नभएकोले आफूलाई कसैको सम्पतिको कुनै लोभ नभएको बताइन् । 

यता छविले भने शिल्पा आए श्रीमतीकोरुपमा स्वागत गर्ने यदि सम्बन्ध फेरी जोडिन नसके शिल्पापछि अरु विवाह नगर्ने घोषणा नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस