सलमान–कैटरीनाको पहिलो भेट कसरी भएको थियो ?

एजेन्सी

मंगलबार, ३१ असार २०७६, १२ : ०२
सलमान–कैटरीनाको पहिलो भेट कसरी भएको थियो ?

एजेन्सी । आज ३६ औँ जन्मदिन मनाइरहेकी बलिउड अभिनेत्री कैटरीना कैफ उद्योगकै बोल्ड अभिनेत्रीमा एक हुन् । उनी फिल्मका कारण मात्र होइन प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । 

सुपरस्टार सलमान खानसँग प्रेमसम्बन्धमा रहेकी कैफको प्रेमको चर्चा त्यतिबेला देखि नै चर्चामा आएको थियो । ‘लब स्टोली’ फिल्म ‘मैंने प्यार किया’ को सेटबाट सम्बन्धमा रहेका सलमान र कैफको प्रेम धेरैको दिमागमा अझै पनि छ ।

कैफले उक्त फिल्मबाट नै बलिउडमा डेब्यु गरेकी थिइन् । उनीसँगै सलमान खान फिल्मको अपोजिट रोलमा थिए । यसै फिल्मको सिलसिलामा सलमान र कैटरिना प्रेमसम्बन्धमा रहेको चर्चा चल्न थाल्यो । ६ वर्षसम्म सम्बन्धमा रहेका यी दुईको ब्रेकअप भयो ।

यसरी भएको थियो भेटघाट
‘द कपिल शर्मा शो’ मा सलमान आफैले कैफसँगको पहिलो भेटको बारेमा बताएका थिए । यसै क्रममा सलमानले कैफसँग उनकी बहिनी अलवीराले गराएको बताएका छन् । अलवीराले ‘एउटा केटी छ भेट्नु’ भनेपछि उनी कैफलाई भेट्न गएका थिए । उनीहरुको भेट एरोबिक कक्षामा भएको थियो । सलमानले कैफले डबल बर्गर खाएर एरोबिक क्लास आएको पनि उल्लेख गरेका थिए ।

यसैक्रममा, दबंग खानले ‘मैंने प्यार क्यों किया’ बनाइरहेका थिए । र फिल्मको लागि हिरोइनको खोजीमा थिए । सलमान त्यतिबेला कैफसँग भेटिसकेका थिए । उनलाई कैफ मन परेको थियो । त्यसपछि उनीहरुको भेटघाट बाक्लिन थाल्यो । उनीहरु मोटरसाइकलमा घुमिरहेको देखिन थाले । र उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । तर, यी दुईले कहिल्यै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेनन् । 

उक्त फिल्मपछि कैटरिनालाई थुप्रै फिल्मको अफर आउन थाल्यो । ३ वर्षसम्म दुवैको प्रेम ठिकठाक चलिरहेको थियो । दुवैको प्रेम विवाहमा परिणत हुने धेरैको विश्वास थियो । तर, केहि समयपछि उनीहरुबीच दरार पैदा हुन थाल्यो । सन् २००९ मा कैटरिनाको जिन्दगीमा रणबीर कपूरको आगमनले सलमानको जिन्दगीमा तुफान आयो । यसपछि दुवै अलग अलग भए पछिल्लो समय पुनः सलमान र कैटरिना फिल्म ‘भारत’ मा देखिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस