शाहरुख खान फेरि डाक्टर उपाधिबाट सम्मानित हुने

एजेन्सी

सोमबार, ३० असार २०७६, १९ : ०७
शाहरुख खान फेरि डाक्टर उपाधिबाट सम्मानित हुने

एजेन्सी । अभिनेता शाहरुख खान फेरि डाक्टर उपाधिबाट सम्मानित हुने भएका छन् । मेलबर्न फिल्म फेस्टिवलमा ला टर्ब युनिभर्सिटीले खानलाई डाक्टर उपाधिद्धारा सम्मान गर्न लागेको हो ।

गरिब बालबालिकालाई सहयोग गरेको, महिलालाई अगाडि बढ्न मद्दत गरेको र मनोरन्जनको दुनियाँमा ठुलो योगदान पुर्याएको भन्दै खानलाई यो सम्मान दिन लागिएको हो । शाहरुख मीर फाउन्डेसनका फाउन्डर पनि हुन् । यसको नाम उनले बुबाको नामबाट राखेका थिए ।

सम्मानको घोषणापछि एक स्टाटस जारी गर्दै शाहरुखले सम्मान दिन लागेकोमा गर्व महशुस भएको बताएका छन् । ‘अष्ट्रेलियाको ला टर्ब युनिभर्सिटीको भारतीय संस्कृतिसँग  लामो नाता रहेको छ’ शाहरुखले स्टाटस्मा अगाडि लेखेका छन् ‘मलाई लाग्छ म यो सम्मानको योग्य छु । सम्मानका लागि युनिभर्सिटीप्रति आभार व्यक्त गर्दछु ।’

शाहरुखलाई सन् २००९ मा ब्रिटिश युनिभर्सिटीले  पहिलो पटक डाक्टर उपाधि दिएको थियो । त्यसपछि उनी २०१५ मा एडिनबर्ग युनिभर्सिटी, २०१६ मा हैदरावादको मौलाना आजाद ने शनल उर्दु युनिभर्सिटी र २०१९ कै अप्रिलमा लण्डन विश्वविद्यालयबाट डाक्टर उपाधिबाट सम्मानित भएका थिए । 

प्रतिक्रिया दिनुहोस