आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २९ असार २०७६, १८ : ५६
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले आफ्नो २१औं बार्षिक साधारण सभा आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न गरेकोे छ ।

साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाइ स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ बर्षमा हामीले नयाँनयाँ बीमालेख लगायत आफ्नो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहक महानुभावहरुलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।

उहाँले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँनयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको ढाकालले सभालाई जानकारी गराउनुभयो ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव २१र्औ बार्षिक साधारण सभाबाट पारित भएबाट कम्पनीको चुक्त पूंजी १ अरब २ करोड ६ लाख पुगेको साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्न,े गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेबाट कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसँग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सक्नेछ ।

कम्पनीले गत आ.व.मा १ अरब ७७ लाख बीमा शुल्क आर्जन गरी १५ करोड ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.व.को हालसम्म करिव १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको अध्यक्ष ढकालल पनि सभालाई जानकारी गराउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस