कविता : बस्ती

आइतबार, २९ असार २०७६, १२ : १५
कविता : बस्ती

–हिरा लामा

देखेनौ ?
जाउ अनि चढ सिंढि 
आफ्नो बङ्गलाको 
पुग छतमा 
र हेर

अझै देखेनौ ? 
गर चार्टर एउटा जहाज 
अनि हेर...
प...र एउटा बस्ती छ मान्छेहरूको
तिम्रो जस्तै पेट भा'को मान्छेहरुको
जो बर्सौदेखी खियाउदै छ त्यही बुढी औंला 
जस्लाई तिमी बेला बेलामा रङगाउन आउछौ 

प्रतिक्रिया दिनुहोस