आज दिनभर पानी पर्ने, उच्त सतर्कता रहन आग्रह

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, ०७ : २७
आज दिनभर पानी पर्ने, उच्त सतर्कता रहन आग्रह

फाईल फोटो

काठमाडौं । लगातार परिरहेको पानी आज पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस