चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, २० : ०४
चिप्लिएको यती एयरलाइन्सको विमान हटाइयो, ८ घण्टापछि उडान सुचारु

काठमाडौँ । ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध हुँदा काठमाडौं आउने जहाजलाई भारतका वनारस, कोलकाता, लखनऊ र दिल्लीमा अवतरण गराइएको थियो ।

त्यस्तै थाइल्याण्डको बैंकक र चीनको ल्हासामा पनि जहाज अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस