कहिलेसम्म हुन्छ लगातार वर्षा ? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको अनुमान

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १९ : ०२
कहिलेसम्म हुन्छ लगातार  वर्षा ? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौं । विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएकाले लगातार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आइतबारसम्म देशभर वर्षा जारी रहने छ । विशेष गरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै वर्षा हुने छ । 

२४ घण्टामा सबैभन्दा बढी पानी सिमरामा ३३१.९ मिलिमिटर परेको माहाशाखाले जानकारी दिएको छ । त्यस्तै काठमाडौंमा ११५.२ मिलिमिटर, ओखलढुंगा १०१.३, धनकुटा ७५.५, भैरहवा ४३.५, ताप्लेजुङ ३२.९, दाङ २१.३ मिलिमिटर परेको छ ।  

प्रतिक्रिया दिनुहोस