कांग्रेस महामन्त्रीको गाडी सानेपास्थित बागमती सडक कोरिडोरमा डुबेपछि...

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १८ : २५
कांग्रेस महामन्त्रीको गाडी सानेपास्थित बागमती सडक कोरिडोरमा डुबेपछि...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी सानेपास्थित बागमती सडक कोरिडोरमा डुबेको छ । 
त्रिपुरेश्वरबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी शुक्रबार टेकु पुलमुनी लगभग पुरै डुबेको हो ।

गाडी डुबेपछि स्थानीयले डोरीको सहायताले गाडी बाहिर तानि सकेका छन् । कोइरालाको गाडी फसेकै ठाउँमा शुक्रबार मात्रै अन्य तीनवटा गाडी फसेका थिए ।
 

प्रतिक्रिया दिनुहोस