नदीको टापुमा फसेका जनकपुरका पुजारी रुखमा चढेर हेलिकोप्टरको प्रतिक्षामा

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १७ : ५७
नदीको टापुमा फसेका जनकपुरका पुजारी रुखमा चढेर हेलिकोप्टरको प्रतिक्षामा

सांकेतिक तस्विर

जनकपुर । जनकपुर–धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारी रुखमा चढेर हेलिकोप्टरको प्रतिक्षा गरिरहेका छन् । 

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको एक मन्दिरका पुजारी सिरहाको कर्जन्हा बस्ने बेदरु मुखिया बाढीमा फसिरहेको (घेरिएको अवस्थामा) रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए । पुजारी मुखियालाई उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ ।
पानीको बहाब उच्च भएको कारण पुजारीको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मगाइदैँ छ ।

प्रतिक्रिया दिनुहोस