काठमाडौँमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १७ : ०५
काठमाडौँमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

फाइल फोटो


काठमाडौँ । काठमाडौंमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको पहिरोले घर पुर्दा मृत्यु भएको हो । 

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले स्काभेटरको सहयोगले शव निकाल्ने प्रयास भइरहेको बताए । 

काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस