शुक्रबारबाट फिल्म ‘सानो मन’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १५ : ०४
शुक्रबारबाट फिल्म ‘सानो मन’ सार्वजनिक

काठमाडौं । शुक्रबारबाट फिल्म ‘सानो मन’ सार्वजनिक प्रदर्शनमा आएको छ । देशभरबाट एकसाथ प्रदर्शनमा आएको यो फिल्म सुयोग गुरुङको निर्देशनमा बनेको हो । सुयोगले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । 
‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्म हो । यसलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गरेका हुन् । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा रहेको छ । 

फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायाँकन भएको फिल्म ओ।पि।जी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

फ्राइडे रिलिज अन्तर्गत अघिल्लो साता कुनैपनि फिल्म प्रदर्शनमा नआएको चलचित्र उद्योगमा यो साता भने एकमात्र फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस