बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त

विहीबार, २६ असार २०७६, १७ : ४९
बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमाअसार २६ गतेदेखि लागु हुने गरी नियुक्त गरेको छ । 
स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गर्नुभएका उहाँको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गर्नुभएका उहाँले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एसीयामा १३ वर्ष कार्य सम्पादनको अनुभव सँगाल्नु भएको छ ।
बैंक अफ काठमाण्डूमा नियुक्ति प्राप्त गर्नुअघि उहाँ बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहनु भएको थियो । 
उँहाले दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गर्नु भएको छ ।
बैंकले उहाँको कर्जा व्यवसाय र जोखिम व्यवसथापनको लामो अनुभवबाट बैंकको समस्त व्यपार विस्तार तथा जोखिम व्यवसथापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस