धनकुटा । सिमसिम पानी परिरहेको छ । सँगै सडक कालोपत्रे पनि धमाधम गरिदैछ । पानीका कारण रोलरले थिचिरहेको अलकत्रा सेलाएपछि राम्ररी टाँसिनसमेत पाएको छैन् ।
मध्य असारबाट थालिएको काम अन्तिममा सक्नुपर्ने भएपछि निर्माणको जिम्मा पाएको कम्पनी र प्राविधिकले गुणस्तरको ख्यालै नगरि काम सक्ने हतारो गरेका हुन् । जटेश्वर भगवति जेभि कन्स्ट्रक्सनले यो सडकको कालोपत्रे जिम्मा लिएको छ ।
प्रदेश सरकारबाट प्राप्त एक करोड ३५ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे थालिएको हो । सडकको नाली अव्यवस्थित छ भने कालोपत्रेको काम स्तरसहिन रहेको स्थानिय मानबहादुर बस्नेतले गुनासो गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ असार २०७६, ०७ : ०४
लेखकबाट थप