जनता बैंकका ग्राहकलाई ओमहस्पिटलमा विशेष छुट

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १९ : १४
जनता बैंकका ग्राहकलाई ओमहस्पिटलमा विशेष छुट

काटठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुले ओम हस्पिटलमा स्वस्थ्य सेवा लिँदा छुट प्राप्त गर्न सक्नेछन् ।
जनता बैंकले विहीबार जारी गरेको विज्ञप्तिका अनुसार उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान हुने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।
संझौतापत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गर्नुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस