एनआईसी एशिया बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १९ : ०३
एनआईसी एशिया बैंक र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट, प्रा.लि. बसुन्धरा, काठमाडौंबीच एक सम्झौता भएको छ । 

बैंकले विहीबार जारी गरेको विज्ञप्तिका अनुसार अबदेखि बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस