कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १३ : ०६
कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको हावाहुरीबाट पीडित भएका परिवारलाई सहयोग गरेको छ ।

बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम सहयोग गरेको जनाएको छ । उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गर्नुभएको छ ।

बैंकका नायव प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाका अनुसार एनआईसी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस