जनता बैंकको एकै साथ ६ शाखा विस्तार, तनहुँमा निःशुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १९ : १०
जनता बैंकको एकै साथ ६ शाखा विस्तार, तनहुँमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा संचालनमा ल्याएको छ ।

बैंकले नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोली कारोबार सुरु गरेको हो ।

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यसैबिच, बैंकले तनहुँको डुमे्रमा शाखासँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 

यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस