काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच नभएको भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको शूरुमा नै प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने हल्ला सरकारलाई कमजोर बनाउने मनसायका साथ आएको भन्दै तत्काल मन्त्रीहरू हेरफेरको कुनै सम्भावना नभएको बताए । उनले आफ्ना मन्त्रीलाई आश्वस्त पार्दै हल्ला फिजाउनेलाई अग्रगामी कार्य गरेर देखाइदिन आग्रह गरे ।
‘बैठकको सुरुमा नै प्रधानमन्त्रीज्यूले मन्त्री फेर्ने हल्लापछाडि नलागौं, राम्ररी काम गरांै भन्नुभयो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले सरकारलाई अस्थिर बनाएर फाइदा लिने तŒवहरू हावी हुन थालेको भन्दै सबै मन्त्रीहरूलाई सतर्कतापूर्वक जनताको मन जितेर काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई हल्लाको पछि नलागेर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएलगत्तै मन्त्रीहरूले केही सञ्चारमाध्यमले अनुमानका आधारमा भ्रमपूर्ण समाचार संप्रेषण गरेको भन्दै आपत्ति जनाएका थिए । एउटा मिडियाले मन्त्री फेर्ने तयारी भनेर भ्रमपूर्ण समाचार दिन्छ अन्य धेरै मिडियाले त्यसैलाई कपी गरिदिएर झन् बढी भ्रम छर्ने काम गरेको भन्दै मन्त्रीहरूले सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । सञ्चारमाध्यमको कुनै जिम्मेवारी हँुदैन, सत्यता पुष्टि गर्नुपर्दैन भन्दै केही मन्त्री सञ्चारमाध्यमप्रति रुष्ट बनेका थिए ।
ती मन्त्रीका अनुसार ओली नेतृत्वमा सरकार गठन भएको तीन महिनादेखि नै मन्त्रीहरू फेर्ने हल्ला चलाइएको भन्दै त्यस्ता हल्लालाई चिरेर अघि बढ्नुपर्नेमा सबै मन्त्री एकमत भएका थिए । ओली नेतृत्वको सरकार २०७५ साल ३ फागुनमा गठन भएको थियो । ‘गठन भएको तीन महिनाभित्रै मन्त्री फेरिने हल्ला चलाइयो, त्यसपछि फेरि दसैंपछि मन्त्री फेरिने हल्ला चलाइयो’ हल्ला चलाउन विभिन्न गिरोह सक्रिय छन्,’ ती मन्त्रीले राजधानीसँग भने ‘त्यही गिरोहले लगानी सम्मेलनपछि मन्त्री फेरिने भन्दै फेरि हल्ला चलायो, लगानी सम्मेलन सकियो त्यसपछि बजेट भाषणपछि मन्त्रीहरू फेरिने भनेर अर्को हल्ला चलाइयो । धेरैपटक मिडियामा मन्त्री फेरिने भनेर खबर आयो खै त कतिपटक फेरिए मन्त्रीहरू ?’ ती मन्त्रीले प्रश्न गरे ।
सरकारलाई अस्थिर बनाउने खेल : मन्त्री ज्ञावली
परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले पनि सरकारलाई अस्थिर बनाउने योजनाका साथ मन्त्री हेरफेरको हल्ला फिँजाइएको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञावलीले केही तŒवहरू मन्त्री फेर्ने हल्ला चलाएर सरकारलाई अस्थिर बनाउने षड्यन्त्रमा लागिरहेको बताए । यसअघिका सरकार ७ महिना ९ महिनामा परिवर्तन भइरहने र त्यस्तो अस्थिरताबाट फाइदा लिन चाहने तŒवहरूले अहिले पनि त्यस्तै प्रवृत्तिका साथ अनावश्यक हल्ला फैलाएकाले हल्लाको पछि कोही पनि लाग्न नहुने मन्त्री ज्ञावलीको भनाइ थियो । ज्ञावलीले सरकारले यस अवधिमा धेरै राम्रा र सुधारको कार्यक्रम अघि बढाइरहेकाले केही पक्षलाई असह्य भइरहेको दाबी गरे । उनले यस अवधिमा ६० वटाभन्दा बढी कानुन बनिरहेको र मुलुकले आर्थिक विकासमा फड्को मारिरहेको बताए । मन्त्री ज्ञावलीले सरकार दिगो विकासको लक्ष्य पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ असार २०७६, ०६ : ३७
लेखकबाट थप