काठमाडौँ । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।
संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्यविभाजनमा गुटको रस्साकसी सतहमै आएको छ ।
पार्टी, संसदीय दल र सरकारबीच संवादहीनतााको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पाँच कारणः
सहमतिमा शंका
सरकारको काम
संसदमा दुई धार
संवादहीनता
अधुरो एकता
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ असार २०७६, ०६ : ५४
लेखकबाट थप