आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १७ : ३७
आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र ‘आइएमई पे’मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापन राजु पौडेलले जानकारी दिनुभयो ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
 

प्रतिक्रिया दिनुहोस